हेटौंडा –  हेटौंडा उपमहानगरपालिका क्षेत्रका १९ वटै वडाबाटनै सवैखालका सेवा सुविधाहरु दिनका लागि काम सुरु गरिने भएको छ । वडास्तरमा कम्प्युटर र नेटवर्कीङका माध्यमले काम गर्नका लागि आज कोइका सरकारसंग संझौता समेत गरिएको छ । उपमहाँनगरपालिका क्षेत्रका नागरिकलाई वडाबाटनै एकीकृत सम्पत्तिकर तिर्न, अरुखालका विभीन्न सेवा दिनका लागि सहज होस भन्ने उदेस्यले १९ वटै वडामा ६ र १२ कोरको फाइवर विस्तार गर्न लागिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।

 

 

 

 

 

 

 

उपमहानगरपालिकाको ६० लाख रुपैयाँ र कोइकाको ३० लाख रुपैयाँ सहयोगमा काम गर्नका लागि आज संझौता गरिएको हो । हेटौंडाका सवै वडामा थप ६ कोरको अप्टिकल फाईबर बिस्तार गरि वडाकार्यालय बाट प्राप्तहुने सेवालाई थप प्रभाबकारी बनाउन सम्झौता गरिएको मेयर महतले वताउनुभयो । उपमहानगरपालिकाको मेयर महत र कोइकाका नेपाल प्रोग्राम कोर्डिनेटर बिच वडा नेटवर्क बिस्तार गर्न सहमति पत्रमा हस्ताक्षर भएको उपमहाँनगरपालिकाका सूचना अधिकृत भानु थपलीयाले वताउनुभयो । वडा नेटवर्क बिस्तार भएपछि बिभिन्न सफ्टवयर मार्फत थप सेवाहरू बिस्तार गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here