बसन्त लामा
सिंगौल,१ वर्ष पहिले निर्माण सुरु भएको भवनको निर्माण कार्य सम्पन्न नहुँदा निजगढ नगरपालिका वडा नम्बर ३ सिगौलस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयले समस्या झेल्नुपरेको छ ।विद्यालयमा कम्प्युटर रुम र पुस्तकालय कोठाको अभाव भएपछि विद्यालयमा नयाँ भवनको निर्माण कार्य सुरु गरिएको थियो । तर भवन निर्माण सुरु गरिएको १ वर्ष बितिसक्दा पनि अधुरो रहेको भवन पूरा गर्न भवन निर्माण उपभोक्ता समिति, स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति अन्य सरोकारवाला निकायले चासो देखाउँदा निर्माण कार्य अलपत्र परेको छ ।

विद्यालय भवन निर्माण कार्य पूरा नहुँदा विद्यार्थीहरुको पठनपाठन र अन्य क्रियाकलाप संचालन गर्न समस्या बेहोर्नुपरेको विद्यालयका शिक्षकहरुले बताएका छन । विद्यालयमा हाल ८ सय विद्यार्थी अध्ययन गर्दैआएका छन ।मधेस प्रदेश सभा सदस्य मिना लामाले गत वर्ष शिलान्यास गर्नुभएको सो भवन २० लाखको लागतमा निर्माण पूरा हुने बताइएको थियो ।

Leave a Reply