चरा प्रकृतिमा रमाउने एक आकर्षक पंक्षी हो । उसलाई आकाशमा खुला उड्ने अधिकार छ तर बाराको सिम्रौनगढ नगरपालिका– १० देवापुर टेटा टोलमा विगत लामो समयदेखि भारतीय नक्कली भिखारीको एउटा समूह गाउँका चरा समातेर बिक्री गर्ने कार्य गर्दैआइरहेको भन्ने कुराले सबैको मन झस्काएको छ ।

नक्कली भिखारीहरुको सो समूहले सिम्रौनगढको टेटा टोलमा टेन्ट गाढेर ७÷८ महीनादेखि स्थानीय प्रजातिका दर्लभ चराहरुको तस्करी गर्दैआएको स्थानीयहरुले बताएपछि चराको तस्कसरी हुदो रहिछ भन्ने कुरा पनि थाहा भयो । । उनीहरुले पंक्षी समात्न नेपाली नम्बर प्लेटको गाडीसमेत प्रयोग गर्ने गरेको र गाडी नम्बर नै सार्वजनिक भएको छ ।
उनीहरु करिव १ सय जनाको संख्यामा रहेको सो समूहले भिखारीको भेषमा गाउँघर, खेतबारी, नदी र पोखरीमा पुगेर संरक्षित तथा दुर्लभ पंछीलाई जाल प्रयोग गरेर समात्ने र सीमापारि भारतमा पु¥याएर बिक्री गर्ने गरेको पाइएको छ ।एक सयको समूह भनेको त सानो ह्ुने कुरा पनि आएन । पिशेषतः उनीहरु बिहानदेखि नै सिम्रौनगढ क्षेत्रका विभिन्न ठाउँमा पुगेर पंक्षी समात्ने र महिलाहरू भने भेष बदलेर दिनभरि गाउँघर चाहर्दै भिक्षा माग्ने कार्यमा संलग्न रहने गरेका छन । भिखारीको भेषमा लामो समयदेखि हुदैआएको पंक्षी तस्करहरूको गतिविधि नियन्त्रणप्रति सरोकारवाला निकायले ध्यान दिन आवश्यक छ ।

यस किसिमका गैरकानुनी तथा समाजविरोधी गतिविधि रोक्न राज्यका सम्बन्धित निकाय तथा सरोकारवाला संस्थाहरूले शीघ्र ध्यान दिइ आवश्यक छानबिन तथा कडा कारबाही गर्नुपर्ने स्थानीयको माग छ ।

मुख्यतः मानव निर्मित प्रचीन पोखरीहरुको लागि प्रसिद्ध सिम्रौनगढ क्षेत्रमा हिउँदको समयमा साइबेरिया–उत्तरी हिमाली क्षेत्रबाट चराहरूले बसाइँसराइ गर्ने गरेका छन । जाडो छल्न र पर्याप्त खानाको लागि उपयुक्त वातावरण खोज्दै यहाँका नदी तथा पोखरीहरु वर्षेनी विदेशबाट हजारौंको संख्यामा चरा बँसाइ सरेर आउने गरेका हुन् र उनीहरुको संरक्षण गर्नु स्थानीयवासी सहित सरकारको पनि दायित्व हो र तस्करी रोक्नका लागि तत्काल विशेष नीति बनाउन आवश्यक छ ।

Leave a Reply