आरके राजन
सिम्रौनगढ,पूर्वराजा ज्ञानेन्द्र शाह बाराको सिम्रौनगढस्थित कंकाली मन्दिर दर्शनमा आउने भएपछि स्वागतको लागि समिति गठन गरिएको छ ।पूर्वराजाको स्वागतमा राष्ट्रवादी समूह नेपाल सिम्रौनगढ नगर अध्यक्ष शिवशंकर ठाकुरको संजोकत्वमा शनिवार ५१ सदस्यीय मुल स्वागत समिति गठन गरिएको हो । समितिका अन्य सदस्यहरुमा रामायोध्याप्रसाद कानु, शर्मानन्द दुबे, उमेश पाण्डेय, मोजाबिन मिया अन्सारी, बृजकिशोर साह, बलीराम पासवान र सुरेशप्रसाद कुशवाहा लगायतका रहेका छन ।पूर्व राजाको स्वागतमा तयारी गर्न भनेर कंकाली मन्दिरको प्राङ्गणमा भएको भेलामा नेपाल राष्ट्रवादी समूह, शिव सेना नेपाल, राष्ट्रिय संयुक्त मोर्चा, राष्ट्रिय शक्ति नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन र राष्ट्रिय नागरिक समाजका प्रतिनिधिहरको शनिवार संयुक्त भेला आयोजना गरिएको थियो ।
पूर्वराजाको मन्दिरमा आउने मिति भने तय नभइसकेको जनाइएको छ ।

Leave a Reply