कृष्ण मोहन साह
सेढवा,अत्याधिक चीसो बड्दै गएपछि ईलाका प्रहरी कार्यालय सेढवा, पर्साले जिराभवनी गाउँपालिकाका विपन्न र असाहय परिवारलाई न्यानो कपडा तथा मास्क वितरण गरेको छ ।
प्रहरीले जिल्ला विपद व्यवस्थापन समिति पर्साले उपलब्ध गराएको न्यानो कपडा टोपी, हाइनेक र कम्बल वितरण गरेको इलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायव निरीक्षक तिर्थबहादुर खत्रीले जानकारी दिनुभयो ।
विपद व्यवस्थापन समितिले उपलब्ध गराएको ७० सेट न्यानो कपडा पालिकाका सवै वडाका प्रभावितहरुलाई वितरण गरिएको नायव निरीक्षक खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार न्यानो कपडा गरिव, जेष्ठ नागरिक तथा दलित समुदायका अतिविपन्न व्यक्तिहरुलाई उपलब्ध गराइएको हो ।
ईलाका प्रहरी कार्यालय सेढवा परिसरमा पाँच वटै वडाका लक्षित समुहदायका सर्वसाधारणलाई भेला गराएर न्यानो कपडा वितरण गरिएको पनि नायव निरीक्षक खत्री जानकारी दिनुभयो ।
कपडा वितरण कार्यक्रममा जिराभवानी गाउँपालिकाकी उपप्रमुख उषादेबी थरुनी लगायत स्थानीय जनप्रतिनिधि र समाजसेवीहरुको पनि उपस्थिति रहेको थियो ।