बरियारपुर, कोरोना महामारीको उच्च जोखिममा रहेको बारा जिल्लाको गंजभवनीपुरमा संक्रमणबाट जोगिन जागरण युवा क्लब गंजभवानीपुरले सर्वसाधारणलाई मास्क बितरण गरेको छ । महागढीमाई नगरपालिका वडा नम्बर ३ को आयोजना र सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सर्वसाधारणलाई जनचेतना जगाउदै कोरोनाको कहरबाट जोगिन समाजिक दुरी कायम गरी मास्क वितरण गरिएको हो । मास्क वितरण गर्ने क्रममा सर्वसाधारणलाई अनिवार्य रुपमा मास्क र सेनिटाइजर प्रयोग गर्न सल्लाह दिइएको जागरण युवा क्लबका अध्यक्ष जयकिशुन यादवले बताउनुभयो । जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर मास्क वितरणसंगै चेतनामूलक कार्यक्रम संचालन गरिएको प्रहरी चौकी गंजभवानीपुरका प्रहरी नायव निरीक्षक संजय यादवले जानकारी दिनुभयो । सो अवसरमा युवा क्लबका सदस्यहरुले मास्क प्रयोग नगर्ने सर्वसाधारण बटुवा, व्यापारी र सवारी चालकहरुलाई मास्क वितरण गरेको क्लबका अध्यक्ष यादवले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here