रौतहट, १ मंसिर। रौतहटमा स्कुटर दुर्घटना हुँदा दुई जना किशोरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

जिल्लाको राजदेवी नगरपालिका–१ मोतिपुरस्थित झुनखुनवाबाट मोतिपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–०४२ प १४२९ नम्बरको स्कुटर सोमबार साँझ अनियन्त्रित भई पुलमा ठोक्किएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका यमुनामाई नगरपालिका–५ जमुआ टोलका १८ वर्षीय अनिकेत पासवान र १६ वर्षीय प्रिन्स पासवानलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। तर, उपचारकै क्रममा चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।

दुर्घटनामा यमुनामाई नगरपालिका–५ झुनखुनवाका १५ वर्षीय आकाश पासवान र भारतको सीतामढी जिल्ला भकुरहर ग्रामका १७ वर्षीय सुनिल पासवान घाइते भएका छन्।

घाइते आकाशको प्रादेशिक अस्पताल गौरमा र सुनिलको वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply