बसन्त लामा
सिंगौल,राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसर पारेर आइतवार निजगढ नगरपालिकाको वडा नम्बर ३ स्थित सिंगौल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले नयाँ डिपबोरिङको शिल्यान्यास गरेको छ ।सिगौल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको स्वामित्वमा रहेको जमिनमा डिपबोरिङ जडान गरिको हो ।चालुआर्थिक वर्ष २०८२÷०८३ को निजगढ नगरपालिकाको बिनियोजित बजेट २० लाखको लगानीमा ठेकेदार कम्पनी एस एस वाटर ट्युववेल कन्स्ट्रक्सन प्रा लि चितवन १० भरतपुरले डिपबोरिङ खन्न लागेको हो ।

वर्षौदेखि गाउँ नजिकको बगरखोलाको धमिलो पानी पिउदैआएका उपभोक्ताहरुलाई युवा वडा अध्यक्ष गोकुलप्रसाद तिमल्सिनाको पहलमा स्वच्छ खानेपानीको लागि नयाँ डिपबोरिङ जडान गर्ने कार्यको शिलान्यास गरिएको हो ।
सो अवसरमा सिंगौल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका कार्यवाहक अध्यक्ष गोपालप्रसाद सापकोटा, निजगढ नगरपालिका कार्यपालिका सदस्य मानबहादुर डासेली, वडा सदस्य बुर्गान माया बल, समाजसेवी रितबहादुर बल, नौमान ब्लोन, वडा नम्बर २ का पूर्ववडा अध्यक्ष केशवप्रसाद ढोडारी लगायतको उपस्थिति रहेको थियो ।सो डिपबोरिङ सफल भएको खण्डमा सिगौल वडा नम्बर ३ उपभोक्ताहरुले स्वच्छ पिउने पानी प्राप्त गर्ने अध्यक्ष गोकुलप्रसाद तिमल्सिनाले बताउनुभएको छ ।

















