दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको करैयामाई गाउँपालिका वडा नम्बर ७ स्थित श्री जनता माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय), उजमनको प्राङ्गणमा करैयामाई गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा तीनदिने पालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
कार्यक्रम करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भुप्रसाद यादवको प्रमुख आतिथ्य तथा श्री जनता माध्यमिक विद्यालय उजमनका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बृज चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो ।प्रतियोगितामा श्री जनता माध्यमिक विद्यालय, उजमन प्रथम, श्री जन सामुदायिक माध्यमिक विद्यालय, मधुवन (हरैया) दोस्रो, श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, तेतेरिया तेस्रो तथा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पिपरा बजार चौथो स्थान हासिल गर्न सफल भएका छन् ।
समापन समारोहमा करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भुप्रसाद यादव, उपाध्यक्ष सुनैनाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, स्वास्थ्य शाखा प्रमुख जितेन्द्र पासवान, लेखा सहायक धिर्जानन्द साह, शिक्षा सहसंयोजक उमेश प्रसाद यादव, प्रधानाध्यापकहरू रामनाथ चौधरी, रामबाबु प्रसाद यादव, सन्तोष रजक, गोपाल चौधरी, शम्भु कुशवाहा, गाउँपालिकाका पूर्व शिक्षा संयोजक लक्ष्मण भट्टराई, शिक्षिका लालमणि चौधरी तथा सञ्चारकर्मी राजन चौधरी र दिपेन्द्र जयसवाललगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सो अवसरमा प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गर्दै खेलकुदमार्फत अनुशासन, स्वास्थ्य र प्रतिभा विकासमा जोड दिनुपर्नेमा वक्ताहरूले जोड दिएका थिए ।

















