निजगढ,शुक्रवार सार्वजनिक भएको यस वर्षको एसईई परीक्षामा निजगढका हिमान्सु घिमिरे सामुदायिक विद्यालयतर्फ सर्वोत्कृष्ट अंकसहित बारा जिल्लामा नै प्रथम भएका छन ।निजगढका सामुदायिक विद्यालयहरुको परीक्षाफल अपेक्षाकृत संन्तोजनक नदेखिए पनि निजगढ ८ स्थित बकैया ठाकुर माविका हिमान्सु भने ३.९१ जिपिएसहित बारा जिल्ला प्रथम भएका हुन ।
शिक्षा विकास तथा समन्वय इकाई बाराका परीक्षा शाखा प्रमुख उपेन्द्र चौधरीले सामुदायिक विद्यालयतर्फ हिमान्सु र संस्थागत विद्यालयतर्फ कलैयाको भरतबाबा बोडिङ्ग स्कुलमा प्रविण रौनियार र ओमबाबु यादव ३.९६ जिपिएसहित उत्कृष्ट भएको जानकारी दिनुभएको छ ।बकैया ठाकुर माविका प्रधानाध्यापक हिमेश घिमिरे र गौरीशंकर मावि निजगढ ८ की शिक्षिका सविना घिमिरेका १५ वर्षिय छोरा हिमान्सु कक्षा १ देखि नै सोही विद्यालयमा अध्ययन गरेका थिए ।
निजगढका हिंमान्सु जिल्ला प्रथम हुँदा सोही विद्यालयको समग्र परीक्षाफल भने सामान्य नै रहेको छ ।
परीक्षामा सहभागी ३७.२ प्रतिशत विद्यार्थी मात्रै उतीर्ण भएको छन । विद्यालयबाट यस वर्ष परीक्षामा सहभागी ४३ जना विद्यार्थीमध्ये ३ जना ए प्लससहित १६ जनाले मात्रै एसइइ उतीर्ण गरेका छन । बकैया ठाकुरका दामोदर दहाल र जेसिका बजगाईले ए प्लस अंकसहित एसईई उर्तीण गरेका हुन ।
त्यसैगरी निजगढमा सबैभन्दा राम्रो नतिजा गौरीशंकर मावि निजगगढ ८ ले प्राप्त गरेको छ । गौरीशंकर माविबाट १० जना ए प्लससहित ४२.१३ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन । सो विद्यालयबाट परीक्षामा १५९ जना सहभागी मध्ये ६७ जना विद्यार्थी उर्तीण भएका हुन ।अघिल्ला वर्षहरुमा कमजोर परीक्षाफल प्राप्त गर्दैआएको निजगढ ७ को नेत्रोदय माविबाट पनि यो वर्ष ४२.८५ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन । सो विद्यालयबाट जम्मा ७ जनाले परीक्षा दिएकोमा ३ जना उर्तीण भएका छन । निजगढमा सबैभन्दा बढी प्रतिशत विद्यार्थी उर्तीण गर्ने यो विद्यालयबाट ५० जनाभन्दा कम विद्यार्थी भएकाले गणनामा भने समावेश नहुने बताइएको छ ।
त्यसैगरी निजगढ ५ स्थित सार्वजनिक माविबाट ६ जना ए प्लससहित ३९.६८ प्रतिशत विद्यार्थी सफल भएका छन । सार्वजनिकबाट परीक्षामा सरिक ६३ मध्ये २५ जना उर्तीण भएका हुन ।उता अघिल्ला वर्षमा राम्रो परीक्षाफल हात पार्दैआएको निजगढ ६ को गौरीशंकर माविको परीक्षाफल भने यो वर्ष कमजोर देखिएको छ । सो विद्यालयबाट २३.८ प्रतिशत विद्यार्थी मात्रै उतीर्ण भएका छन ।निजगढ ११ को नेरामावि रतनपुरको परीक्षाफल निजगढ नगरमा सबैभन्दा कमजोर देखिएको छ । सो विद्यालयबाट ५.९७ प्रतिशत विद्यार्थीमात्रै सफल बनेका छन । नेरामावि निजगढ १ बाट १८.९१ र निजगढ १० को नेरामाविबाट १५ प्रतिशत विद्यार्थी मात्रै उर्तीण भएका छन ।उता संस्थागत विद्यालयतर्फ भने होली एन्जल्स बोडिङ्ग स्कुलबाट ७१.४२ र विद्यासागर बोडिङ्ग स्कुलबाट ४ जना ए प्लससहित ५३.८४ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन ।















