नरेश गुप्ता
बरियारपुर – कोरोना कोभिड १९ को संक्रमण रोकथाम गर्न खटेका चिकित्सकहरुले पि पि सेट बिना नै कलैया उपमहानगरपालिका शिक्षा तालिम केन्द्रमा बनाईएको क्वारेन्टाइनमा बसेकालाई चेकजाँच गरिदै आएको छ । कोरोना कोभिड १९ को महामारी देश भरी नै फैलिरहेको अवस्थामा कलैया उपमहानगरपालिका ७ गंगापुर स्थित शिक्षा तालिम केन्द्रमा बनाईएको क्वारेन्टाइनमा चिकित्सकले जोखिम उठाउदै शंकास्पद ब्यक्तिहरुको चेकजाँच गरिएको खटिएका हेल्थ अधिकृत शैलेश कुमार मण्डलले बताए ।
चैत्र १३ गते देखि क्वारेन्टाइनमा बसेकालाई कोरोना कोभिड १९ को चेकजाँच ४९ जनालाई गरिएको र अहिले क्वारेन्टाइनमा ३ जना रहेको रात्री डिउटी गर्दै आएको चिकित्सक शिवपुजन साहले बताए । कलैया उपमहानगरपालिका अन्तर्गत रहेको क्वारेन्टाइनमा स्वास्थ शाखा र जिल्ला जनस्वास्थ्य कार्यलयले समेत पि पि ई सेट उपलब्ध नगराईएको अवस्थामा जोखिम उठाई क्वारेन्टाइनमा बसेकोलाई चेकजाँच गरिएको छ ।
कलैया उपमहानगरपालिका अन्तर्गत रहेको स्वास्थ शाखा प्रमुख प्रेमचन्द्र जैसवालले खटेको चिकित्सकलाई चाडै सुरक्षाको लागि पि पि ई सेट उपलब्ध गराउने जानकारी दिनु भयो । बारा जिल्ला अन्तर्गत रहेको अरु स्थानीय तहमा बनाईएको क्वारेन्टाइन जस्तो यहाँ सेवा सुबिधा नदिइएको चिकित्सकहरुले आरोप लगाए ।
स्वास्थ शाखाले ग्लोभस , सेनटिजाईर , थर्मल गन मात्र उपलब्ध गराईएको चिकित्सकले जानकारी गराए । शिक्षा तालिम केन्द्रमा बनाईएको क्वारेन्टाइनमा इन्चार्ज अमित चौधरी , अहेव नमिता कुमारी पासवान , अनेमी नगिना जैसवाल , शैलेश कुमार मण्डल , शिवपुजन साह लगायतले सेवा दिदै आएको छन ।