वीरगन्ज,जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनले १० वैशाखमा हुने उपनिर्वाचनमा बारा २ मा सत्ता गठबन्धनको साझा उम्मेदवार जसपाले पाउनुपर्ने बताउनुभएको छ ।उहाँले बारा २ मा गठबन्धनको साझा उम्मेदवारमा आफूहरुको हक लाग्ने बताउनुभयो । ‘बारा २ मा सत्तागठबन्धनको साझा उम्मेदवार जसपाको हुनेछ भन्ने हामीले अपेक्षा राखेका छौं । यसअघि त्यहाँबाट निर्वाचित व्यक्ति पनि जसपाकै भएकाले साझा उम्मेदवारीमा हाम्रो हक लाग्छ’, उहाँले भन्नुभयो ।नेता सुमनले बारा २ मा पार्टीले उम्मेदवार टुंगो लगाइनसकेको बताउनुभयो । ‘बारा २ को उम्मेदवारको हुने निष्कर्ष निकालेको छैन ।’‘पार्टीको विधान अनुसार क्षेत्रीय समिति, जिल्ला समिति, मधेश प्रदेश समितिले उम्मेदवार टुंगो लगाएपछि हामीले टिकटमा हस्ताक्षर गर्ने मात्र हो, जसपाले कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवार निश्चय गरिसकेको छैन’ उहाँले भन्नुभयो ।


















