निजगढ,बाराको निजगढमा अपाङ्गता भएका बालबाकिकालाई निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।निजगढ नगरपालिकाको आयोजनामा भएको सो निशुल्क स्वास्थ्य पहिचान र परीक्षणमा नगरभित्रका १८ वर्ष मुनिका २९ जना अपाङ्गता भएका बालबाकिकाहरुको स्वास्थ्य परीक्षण गरिएको थियो ।जसमध्ये ९ जनालाई निःशुल्क सर्जरीको लागि कार्यक्रमको सहजीकरण गर्ने संस्थाले अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र काभ्रेमा रिफर गरिएको छ । यसमा लाग्ने सबै शुल्क नगरपालिकाले बेहोर्ने निजगढ नगरपालिकाकी सहायक महिला विकास निरीक्षक रोजी श्रेष्ठले जानकारी दिनुभयो ।निजगढ नगरपालिकाले यसभन्दा पहिला पनि १८ वर्ष माथिकाहरुको स्वास्थ्थ परीक्षण गरिसेको र आवश्यक सामग्री पनि नगरपालिकाले निःशुल्क उपलब्ध गराएको निजगढ नगर उपप्रमुख सोममाया थिङले बताउनुभयो ।

 

Leave a Reply