कलैया,प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीलाई पितृशोक परेको छ । सुवेदीका पिता ज्ञानबहादुर सुवेदीको बुधवार बिहान निधन भएको हो ।९० वर्षीय सुवेदी केही दिनदेखि अस्वस्थ हुनुहुन्थ्यो । उहाँको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको थियो । सुवेदीको बुधवार नै कलैयाको बघवनस्थित पसाहा खोलामा अन्तिम संस्कार गरिएको छ ।सुवेदीको निधनप्रति नेपाल पत्रकार महासंघ बारा शाखा, प्रेस चौतारी नेपाल मधेस प्रदेश कमिटी र प्रेस चौतारी नेपाल बाराले विज्ञप्ति निकालेर दुःख व्यक्त गरेको छ ।
















