निजगढ,बत्ति गयो । अब कतिबेला आउछ ? के कारणले गएको रहेछ ? नेपाल विद्युत प्राधिकरणको कल सेन्टर उपभोक्ताका यिनै प्रश्न उत्तर दिइरहेको छ ।नजानेर व जानी जानी अर्कै नियतले बत्ति गएको बारे हल्ला जे सुकै चलिरहदा प्राधिकरणले देशका सातै प्रदेश र उपत्यका मा समेत गरी आठ ठाउँमा कल सेन्टर स्थापना गरेको छ ।

कल सेन्टरमा काम गर्ने प्रक्रिया पनि सरल र छोटो बनाइएको छ । बत्ति गए पछि ग्राहकले सर्व प्रथम ११५० नम्बरमा डायल गर्नु पर्छ । त्यसपछि प्रणालीले ग्राहकलाई कुन प्रदेशका लागि गुनासो दर्ता गर्ने हो सोही प्रदेशको कोड नम्बर थिच्न अनुरोध गर्छ । यस्तो कोड कोशी प्रदेशको लागि १, मधेसका लागि २ काठमाडौ उपत्यकाका लागि ३, उपत्यका बाहेकका बागमति प्रदेशका लागि ४ गण्डकी प्रदेशका लागि ५ लुम्बिनीका लागि ६ कर्णालीका लागि ७ र सुदुरपश्चिमका लागि ८ मा थिच्नु पर्छ त्यसपछि ग्राहकले गरेको कल सम्बन्धित प्रदेशको कल सेन्टरका कर्मचारीले उठाउछन् । ग्राहकले कल सेन्टरका कर्मचारीलाई आफ्नो समस्या वा गुनासो बताएपछि सेन्टरबाट सम्बन्धित शाखामा सम्पर्क गरि आपूर्तिमा परेको समस्या र समाधान हुन लाग्ने अनुमानित समय समेत ग्राहक लाई बताइन्छ ।

यसरी ११५० मा कल गर्ने उपभोक्ताले बत्ति जानुको कारण र लाइन पुनः सञ्चालन हुनका लागि लाग्ने सम्भावित समय बारे तथ्यपूर्ण र आधिकारिक जानकारी पाउछन् । साथै लाइन पुनः सञ्चालन नहुँदा सम्मको समय व्यवस्थापन गर्ने अवसर पनि ग्राहकलाई हुन्छ ।यो सेवा २४ घन्टा चालू हुन्छ । आठ मध्येका कुनै पनि कल सेन्टरमा कुनै कारणले फोन लागेन वा त्यहाँ बाट समस्या समाधान भएन भने ० सून्यमा डायल गरिगुनासो टिपाउन पाइन्छ । यो सेवा भने शनीवार बाहेक साताको ६ दिन चलाइएको छ ।त्यसो त बिजुली गएको गुनासो सुन्ने र त्यसलाई सम्बोधन गर्न विगतमा पनि ‘नोलाइट’ सेवा चलाएको थियो प्राधिकरणले । तर त्यो बेला बत्ति गए पछि एकै पटक धेरै उपभोक्ताले फोन गर्दा धेरैको फोन नलाग्ने हुन्थ्यो । परिणाम स्वरुप उपभोक्ताले ‘नोलाइटमा कल गरे पनि काम लाग्दैन’, भनिरहेका हुन्थे । त्यति मात्र होइन उपभोक्ताको गुनासो आएपछि बत्ती जानुको कारण र बिग्रेको स्थान समेत पहिल्याउन समेत निकैबेर लाग्ने अवस्था थियो ।
‘त्यस्ता सबै समस्याको समाधान मात्र होइन भविष्यमा ग्राहकले सोध्नु पहिले नै बिजुली आपूर्ति सम्बन्धि सुचना उनीहरुको मोबाइल र इमेलमा पठाइ सक्ने गरि ब्य्वस्थापन गर्दै छौं’ प्राधिकरणको ग्राहक सेवा निर्देशनालयका निर्देशक टेकनाथ तिवारी बताउनुहुन्छ ।

प्राधिकरण अहिले आठै कल सेन्टरलाई स्रोत साधन सम्पन्न र प्रभावकारी बनाउने तरखरमा जुटेको छ । रत्नपार्क र बालजु लगायतका केही फीडरका ग्राहकको घरमा स्मार्ट मिटर जडान भएकाले कल सेन्टरले दिने सेवा थप चुस्त र छिटो हुनेछ ।
तिवारीका अनुसार ग्राहकको विवरणलाई फिडर समेत प्रष्ट हुनेर उसको मोबाइल ईमेल आदि विवरण समेत खुल्नेगरि अध्यावधिक गरिने छ । ‘त्यस पछि बत्ति आपूर्ति रोकिन सक्ने वा कुनै पनि समस्या पर्दा सम्वद्ध फिडरका ग्राहकलाई एकमुष्ट सूचना दिन सक्ने अवस्थामा हामी पुग्छौं’, उहाँको भनाई छ ।अहिले प्राधिकरणमाथि सर्वाधिक उठाइने प्रश्न ‘बत्ति किन घरी घरी गैइ रहन्छ“ भन्ने नै हो । त्यो प्रश्नको जवाफ प्राधिकरणसङ्ग नखोजेर आआफ्नो हिसाबले अनुमान र शंका गरि “कतै लोड सेडिङ त हुनलागेको त होइन ?’ समेत भनिने गरिएको निर्देशक तिवारी बताउनुहुन्छ । ‘हामीसङ्ग मागभन्दा भन्दा कम बिजुली भएको बेला हो लोडसेडिङ गर्नुपर्ने । तर देशभित्रको उत्पादन आन्तरिक माग धान्ने मात्र नभै भारत र बङ्ग्लादेशमा समेत निर्यात भइरहेको बेला लोडसेडिङ हुने कुरै आउँदैन’, उहाँले थप्नुभयो ।विजुली आपूर्तिबारेको कुनै पनि प्रश्नको आधिकारिक जवाफ दिनुका साथै तत्काल समस्या समाधान गर्न सूचना प्रविधिका अत्याधुनिक प्रणालीलाई समेत प्रयोग गर्ने सोचाइ प्राधिकरणको रहेको निर्देशक तिवारी बताउनुहुन्छ ।

Leave a Reply