बेलायत,
लन्डन नजिकैको लेस्टरमा शनिबार दुई सम्प्रदायहरू हिन्दु र मुस्लिमबीच ठुलो तनाव उत्पन्न भएपछि प्रहरी र स्थानीय नेताले मानिसहरूलाई शान्ति कायम राख्न आग्रह गरेका छन् । प्रहरीका अनुसार त्यस स्थानमा ‘अचानक प्रदर्शन’ सुरु भएको थियो । घटनास“ग जोडेर दुई जना पक्राउ परेका प्रहरीले जनाएको छ । र तनाव भड्किन नदिने त्यस भेगमा केही दिन ठुलो सङ्ख्यामा प्रहरीको उपस्थिति रहने पनि प्रहरीले जनाएको छ ।
गत अगस्ट २८ मा एसिया कप क्रिकेट प्रतियोगितामा भारत र पाकिस्तानबीच भएको खेलपछि दुई समुदायका मानिसहरूबीच उत्पन्न तनाव शनिबार उच्च विन्दुमा पुगेको अनुसन्धानले देखाएको छ । लेस्टरको फेडरेशन अफ मुस्लिम अर्गनाइजेसनका सुलेमान नागदीले बीबीसीलाई भने,‘ शनिबार यहा“को सडकमा जे देख्यौ“, त्यो चिन्ताको कुरा हो । भारत–पाकिस्तान खेलपछि यहा“को समुदायमा पहिलेदेखि कायम तनाव बाहिर आएको छ ।
’ लेस्टरको हिन्दु र जैन मन्दिरहरूसग सम्बद्ध सञ्जीव पटेल शनिबार रातको घटनाले आफू स्तब्ध भएको बताए । ‘हामी यस सहरमा दशकौ“देखि शान्तिपूर्वक बसेका छौ“, तर पछिल्ला केही हप्ताहरूमा देखिएको समस्याले केही कुरामा स्पष्ट हुन छलफल गर्नुपर्ने देखिएको छ । विशेषतः मानिसहरू के कारणले रिसाइरहेका छन् भन्ने बुझ्न पनि छलफलको आवश्यकता छ,’ पटेलले भने । घटनाको समयमा धारिलो हतियार बोकेको आशङ्कामा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै हिंसालाई भड्काएको आरोपमा अर्का व्यक्त पनि समातिएका छन् । दुवै जना अहिले प्रहरी हिरासतमा छन् । लेस्टर सिटीका मेयर सर पिटर सोल्सबीले ‘शनिबार भएजस्तो घटना हुने अपेक्षा नगरेको बताए । उनले प्रहरीले आम मानिसलाई शान्त बस्न आह्वान गरेको बताए । ‘तनावमा संलग्न अधिकांश २० वर्ष वरपरका युवा थिए । तनाव सिर्जना गर्ने अवसर खोजिरहेका केही सहर बाहिरका मानिस यहा“ आएको सुनेको छु । घटना जुन क्षेत्रमा भयो त्यहा“को स्थिति चिन्ताजनक थियो ,’ मेयर सोल्सबीले भने ।


















