अनिल तिवारी
सिमरा – पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र जनहित उपभोक्ता समितीको मातहत रहेको राधाकृष्ण सामुदायिक वन समूहको १२औं साधारणसभा तथा अधिवेशनले सत्यबहादुर श्रेष्ठको अध्यक्षतामा १३ सदस्य नयां कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा बिमला सुबेदि, सचिवमा लेखनाथ खतिवडा, उपसचिवमा होम बहादुर रकाल र कोषाध्यक्षमा उदय श्रेष्ठ (रामकृष्ण ) चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा रेशम न्यौपाने, सोमलाल बमजन, पदम स्याङ्ताङ्ग, अनिरुद्र शाह, मिठु थिङ्ग, तारा बि.क., रामकुमार अर्याल, कर्ण बहादुर बोगटी रहनुभएको छ ।
साधारणसभाको उद्घाटन प्रदेशसभाका सदस्य सुन्दर विकले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै विकले सबै मिलेर वन संरक्षणमा लाग्नुपर्ने कुरामा जोड दिनुभयो । उहांले बन बिनाको जीवनको कल्पना समेत गर्न नसकिने भएकोले बनका साथै जीवजन्तुको संरक्षणलाई पहिलो प्राथमिक्ता दिनुपर्ने कुरामा जोड दिनुभयो । पर्याप्रयटनको दृष्टिकोणले प्रचुर सम्भावना भएको यस ठांउमा केन्द्र, प्रदेश र स्थानिय तहका साथै यहांका स्थानियहरुको सहयोग पर्सा राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा पर्याप्रयटनलाई अगाडी बढाउनुपर्ने कुरामा जोड दिनुभयो ।
संस्थाका अध्यक्ष चोलाबहादुर पण्डितको सभाअध्यक्षतामा आयोजीत साधारण सभामा प्रदेशसभा सदस्य सिता गुरुङ, जितपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल, नेकपाका नेता मनोज पौडेल, जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष तिलक श्रेष्ठ, कार्यपालिका सदस्य सोभा कार्की, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, मुसहर्नि माई बन समुहका अध्यक्ष कुवेर न्योपाने, श्री नेपाल मावि सिमराका प्राचार्य शंकराचार्य लगायतले साधारणसभा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा राम पोखरेलको सहजीकरण रहेको राधाकृष्ण सामुदायिक वन समूहका कार्यालय प्रमुख सालिकराम रेग्मीले जानकारी दिनुभयो ।