
वीरगञ्ज,
आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि म्यादी प्रहरी भर्ना गर्नका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा विहिवार देखि युवायुवतीको थामि नसक्नु भिँड लागेको छ । म्यादी भर्नाका लागि बिहीबारदेखि आवेदन लिने कार्य सुरु भएसँगै युवायुवतीहरुको भिँड लागेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डीएसपी दिपक गिरीले बिहीबार पहिलो दिन ६ सय ९८ जना युवायुवतीले फारम भरेकोमा शुक्रवार ११ सय भन्दा बढीले फारम भरेको बताउनु भयो । शुक्रबार बिहानैदेखि सिमसिमे पानीका बावजुद म्यादीको आवेदन दिन छाता ओढेर भए पनि युवायुवतीको लाई लागेको थियो ।
बिहान १० बजेदेखि फारम लिने भए पनि ८ बजेदेखि नै जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा युवायुवतीको लाइन लागेको डिएसपी गिरीले बताउनु भयो । प्रहरी परिसरमा बढेको भिडसँगै बीरगंजको मेन रोडमा समेत दिउँसो ट्राफिक जाम भएको थियो । बिहीबारदेखि सुरु भएको आवेदन लिने कार्य असोज ६ गतेसम्म कायम गरिएको डीएसपी गिरीले बताउनु भयो ।बताउनु भयो ।