सिमरा,मानव अधिकार एलाईन्स बाराको अध्यक्षमा शान्ताकुमारी बजगाई (रिना) सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।
शुक्रवार सिमरामा सम्पन्न जिल्ला भेलाले बजगाईँको अध्यक्षतामा सर्वसम्मत रुपमा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्ष श्रीराम साह कानु, सचिवमा कुवेर न्योपाने, कोषाध्यक्षमा दिपलक्ष्मी खरेल रहनुभएको छ ।
यसैगरी सदस्यहरुमा उषा सापकोटा, समिना कौडेल, हरिमाया लामा, राहुल गुप्ता, सुरेश साह, बालकृष्ण हुमागाई रहेका छन । मानव अधिकार एलाईन्स बाराका अध्यक्ष अनिल तिवारीको अध्यक्षता र नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम पुर्वमन्त्री पुरुषोतम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा मानव अधिकार एलाईन्सका केन्द्रिय सदस्य कृष्ण लामा, नेकपा एमालेका प्रदेश सचिव मनोज पौडेल, प्रदेश सदस्यद्धय किशोर शर्मा, देवनारायण चौधरी, जिल्ला सचिव अमृत शर्मा बजगाई, उपसचिवद्धय जवाहिर अंसारी, भावना अचार्य लगायतको उपस्थिति रहेको थियो । जिल्ला भेलाले बारामा हुने मानव अधिकार एलाईन्सको मधेस प्रदेश भेलालाई भव्यताका साथ सम्पन्न गर्न जिल्ला तथा पालिका कमिटीलाई जिमेवारी दिने निर्णय समेत गरेको छ ।