कलैया,बाराको सिम्रौनगढमासम्भावित मनसुनजन्य जोखिम तथा विपद् व्यवस्थापनको तयारीस्वरूप ‘अभ्यास मनसुन–५’ अन्तर्गतको मंगलवार सिम्रौनगढमा कृत्रिम अभ्यासगरिएको छ ।जिल्ला विपद् व्यवस्थापन समिति बाराको आयोजनामा सिम्रौनगढ नगरपालिका–९ स्थित ऐतिहासिक झरोखर पोखरीमा नेपाली सेना तथा सशस्त्र प्रहरीले उद्धार कार्यको अभ्यास प्रदर्शन गरेका हुन ।

जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष बसन्त अधिकारीले कृत्रिम अभ्यास गर्ने सबै तालिम प्राप्त व्यक्ति रहेको र उनीहरुलाई जिल्लामा हुने विपद्का घटनामा पीडितहरुको उद्धारमा खटाइने बताउनुभयो ।

सिम्रौनगढ़ नगरपालिकाका नगर प्रमुख किशोरी प्रसाद जयसवालको अध्यक्षतामा भएको सो अभ्यास कार्यक्रममा संबिधान सभा सदस्य रामचन्द्र प्यासी,करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भुप्रसाद यादव,बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई,सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका प्रहरी उपरीक्षक खुमबहादुर के.सी,श्री रिपुमर्दन गण ब्रहमपुरी ब्यारेक बाराका प्रमुख सेनानी अशोक कुमार क्षेत्री,जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डित,जिल्ला प्रशासन कार्यालय बारा प्रशासन शाखाका नायब सुब्बा रत्नबहादुर स्याङतानलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply