कलैया,बाराबाट प्रहरीले भन्सार छलीका एकलाख भन्दा बढीका कपडा बरामद गरेको छ ।विशेष सूचनाको आधारमा प्रहरी चौकी पथलैया र मधेश प्रदेश प्रहरी कार्यालय धनुषाबाट खटिएको संयुक्त टोलीले भन्सार छलीका कपडा बरामद गरेको हो ।प्रहरीले चलाएको जाँच अभियानका क्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोक एरियाबाट एक लाख ३५ हजार रुपैँया मूल्य बराबरका कपडा बरामद गरेको जनाएको छ ।बिराटनगरबाट काठमाण्डौँतर्फ जाँदै गरेको प्र १–०५–००१ ख १०३ नम्बरको बसबाट बिल बिजक भन्दा बढीका लेडिज प्लाजो ५ बोरा नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले बताउनुभयो ।

Leave a Reply