सिमरा,जिल्ला प्रशासन कार्यालय बारा अन्तर्गतको ईलाका प्रशासन कार्यालय सिमराले राष्ट्रिय परिचयपत्र विवरण दर्ता सेवा समय परिमार्जन गरेको छ । कार्यालयले मंगलवार एक सूचना जारी गर्दै असार ४ गतेदेखि लागू हुने गरी नयाँ समय अनुसार सेवा प्रवाह हुने जनाएको छ।यसअघि बिहान ७ः३० बजेदेखि बेलुका ७ः०० बजेसम्म सञ्चालन हुँदै आएको विवरण दर्ता कार्यलाई बुधवारदेखि बिहान १०ः०० बजेदेखि साँझ ६ः३० बजेसम्म मात्र गरिने सूचनामा जनाइएको छ ।
ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख तेजराज शर्माद्धारा हस्ताक्षरित सूचनामा नयाँ समय तालिकाअनुसार सेवा लिन सेवाग्राहीहरुसंग अनुरोध गरिएको छ।

Leave a Reply