वीरगञ्ज,भन्सार कार्यालयको इजाजत बिना पर्साको ग्रामीण भेग तथा वीरगञ्ज महानगरपालिकामा संचालन हुँदै आएको एउटा भारतीय नम्बर प्लेटको एम्बुलेन्सलाई पर्सा प्रहरीले नियन्त्रण लिएको छ ।प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ तराई अस्पताल अगाडिको सडक खण्डबाट एम्बुलेन्स नियन्त्रणमा लिएको हो ।बीआर १ एपी ५२९१ नम्बरको बोलेरो एम्बुलेन्सको स्वरुप परिवर्तन गरी स्कार्पियो गाडीको पार्टसहरू लगाएको तथा बिना भन्सार चलाइएकोले नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जानकारी दिनुभयो ।यस्तै, एम्बुलेन्सका चालक भारत बिहार पूर्वी चम्पारणका वर्ष ३० का महमद नेजामुदिनलाई पनि नियन्त्रणमा लिई एम्बुलेन्ससहित आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सारमा बुझाइएको थापाले बताउनुभयो ।

Leave a Reply