अहिले गृहमन्त्री रमेश लेखकको राजिनामा माग गरिएको छ । पछिल्लो पटक भिजिट भिसावाला प्रकरणको कुरा सुन्ने हो भने लेखक दोषी नै होकि जस्तो पनि देखिन्छ । यद्यपि यो अनुसन्धानको कुरा हो । तर नेपालमा बाहालवाला गृहमन्त्री वा अरु कोहीको हत्तपत्त अनुसन्धान हुने कुरै आएन ।विमानस्थलमा अनियमितता हुने गरेको कुरा बाहिर आएपछि गृहमन्त्रीले जवाफ दिनुपर्दछ र यदि गृहमन्त्रीकै विषयमा कुरा उठेको खण्डमा पदमा बस्न अलिक सुहाउदैन तर नेपालमा यस्तो कुराको खासै अर्थ रहदैन । किनभने नेपालमा आरोप खेप्न बाँकी को नै छर अब ?

यहाँ गृहमन्त्रीको बचाऊ गर्न खोजिएको होइन तर विधिको शासनको कुरा गर्न खोजिएको हो । यदि आरोप लागेकै आधारमा पद छाड्दै जाने हो भने चोखो कोही पनि छैन । कम्तीमा पाँचजना पूर्वप्रधानमन्त्रीहरुकै कुरा गरौं, केपी ओलीलाई यसै पनि आरोप छ गिरिबन्धुको । प्रचण्ड लडाकु शिबिरको घोटला,बावुराम भट्टराई पनि यही काण्डमा मुछिएको देखिन्छन अनि माधव नेपालको पनि त काण्ड छ– ललिता निवास । त्यस्तै झलनाथ खनाल अनि शेरबहादुर देउवा को पो चोखो छ र यहाँ ? नयाँ भनिएका दल रास्वपाका नेता रवि लामिछाने त झन् हिराशतमा नै रहेको अवस्था छ ।

ठीक छ,आरोप लगाउदैमा कोही दोषी ह्ुदैन तर आरोप नलागेको व्यक्ति नै नेपालको राजनीतिमा कोही छैन अनि यस्तो व्यक्तिहरुबाट मुलुकमा सुशासन कायम होला भनेर कल्पना गर्नुको के अर्थ छ र ? अहिले गृहमन्त्रीको विषयमा कुरा उठेकाहाले हिजो गृहमन्त्री रहेर जेल गएकाहरुले यो करा उठान गर्नु नौलो पनि भएन तर यहाँ खोइ त चाखो मानिस ? खोइ त देशका लागि सोच्ने मानिस ? एउटा न एउटा आरोप नलागेको को छ र ? अनि कुरा त त्यही होला फेरि हावा नचली पात आफै कहाँ हल्लिएला र ?

 

Leave a Reply