कलैया,बारा– २ मा आचारसंहिता विपरीत राखिएका प्रचार सामग्री प्रहरीले हटाउन सुरु गरेको छ ।आचारसंहित कार्यान्वयन गर्न गठन भएको समितिले अनुगमनका क्रममा महागढीमाई नगरपालिकाको बरियारपुर बजार लगायतका क्षेत्रमा आचारसंहिता विपरीत उम्मेदवारहरुको तर्फबाट टाँगिएको तुल, ब्यानर, निर्वाचन चिह्न अंकित झण्डा हटाइएको हो ।निर्वाचन आचारसंहितको पालनामा कडाइ गर्न निर्वाचन आयोगले कोष तथा लेखा नियन्त्रक कार्यालय बाराका प्रमुखको संयोजकत्वमा आचारसंहिता अनुगमन समिति बनाएको छ ।जिल्ला आचारसंहिता अनुगमन समितिका अनुगमन अधिकृत हरिकृष्ण बरालले भन्नुभयो, ‘महागढीमाई क्षेत्रमा आचारसंहिता विपरीतका तुल ब्यानर, झण्डा लगाएको देख्यौं, तुल, ब्यानर हटाउनुको साथै आचार संहिता विपरितका अन्य गतिविधि पनि रोकेका छौं ।’बारा–२ का लागि चुनाव खर्च अधिकतम २९ लाख रुपैयाँ तोकिएको छ । बारा–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेबाट नेता पुरुषोत्तम पौडेल, जनमत पार्टीका तर्फबाट शिवचन्द्रप्रसाद कुशबाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल लगायत ३६ जना चुनावी मैदानमा छन् ।यसैबीच प्रहरीले जनता समाजवादी पार्टीले चुनाव प्रचार प्रसारका लागि निकालेको मोटरसाइकल ¥याली रोकेको दावी गरेको छ । सुवर्ण गाउँपालिकाको कबहीगोठबाट निकालिएको मोटरसाईकल ¥याली पचरौता नगरपालिकामा पुगेपछि प्रहरीसँग जम्काभेट भएको थियो ।जसपाको झण्डासहित निकालिएको मोटरसाइकल ¥यालीबाट १५ वटा जति मोटरसाइकल नियन्त्रणमा समेत लिएको प्रहरीले जनाएको छ ।प्रहरीले प्रचार प्रसारका लागि प्रयोग भएको तीन वटा डिजे सहितको गाडी समेत नियन्त्रणमा लिएको थियो ।निर्वाचन प्रचार प्रसारमा भारतीय गाडी र मोटरसाईकल प्रयोगमा कडाइ गरिएको छ । ७ वटा भारतीय नम्बर प्लेटका सवारी साधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक बोगटीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here