स्वर्गिय भण्डारी

मनहर्वा,बारा
३ जेष्ठ २०७८
जीतपुरसिमरा उपमहानगरपालिका १८ निवासी पूर्व जनप्रतिनिधी रामेश्वर भण्डारीको निधन भएको छ । वहाँको ८६ बर्षको उमेरमा सोमबार दिउँसो आफ्नै घर वडहर्वामा निधन भएको हो । स्वर्गिय भण्डारी पञ्चायती ब्यवस्थाका बेला २०३४ सालमा तत्कालिन गाउँ पञ्चायत मनहर्वाको उपप्रधानपन्च र २०३९ सालमा जिल्ला पञ्चायतमा मनोनित जिल्ला सदस्य हुनु भएको थियो ।
बहुदल आएपछि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय भण्डारी सो पार्टीको कृयाशिल सदस्य हुनु हुन्थ्यो । लामो समयबाट मृगौला, पेट र मुटु रोगसँग लडिरहनु भएका वहाँको एकबर्ष अघिबाट पाक्षीक रुपमा डायलासिल हुँदै आए थियो ।
सामाजिक अगुवा भण्डारीको निधनले सिंगो गाउँ शोकमा परेको छ । मिजासिला, प्रखर अनि हकि स्वभावका भण्डारीको निधनले सिंगो गाउँ सहित नेपाली काँग्रेस पार्टीलाई ठुलो क्षेती पुगेको काँग्रेस वडा संयोजक कृष्ण प्रसाद वाग्ले बताए ।
स्वार्गिय भण्डारीका दुई पत्नी, तीन छोरा ,दुई छोरी र नातीनातिना छन् । वहाँको पार्थिव शरिर आजै बेलकी बालगंगा खोलामा अन्त्यष्ठी गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here