२०७४ सालमा भएको स्थानीय तहको चुनावको समय सकिन लागेको छ । अझै यसरी भनौं स्थानीय तह चुनावबाट निर्वाचित जनप्रतिनिधिहरुको पदावधि सकिन लागेको हो । अब यी मध्य केहीले पुनः उम्मेदवारी दर्ता गर्ने छन् भने केही नयाँ पनि आउने छन् ।

सरकारले आगामी बैशाख ३० गतेका लागि चुनावको मिति तय गरिसकेकाले पनि अब हाल बाहाल रहेका जनप्रतिनिधिहरुको कार्यकाल भने लामो छैन ।

उनीहरुले अबको करिब ६० दिन आफ्ना गतिविधिहरु गर्न पाउने भएपनि हालीमुहाली गर्ने समय संकिएका छन् । यो बीचमा उनीहरुले कति कमाउन सकिन्छ भन्ने पनि सोचेका होलान् । वास्तवमा जनप्रतिनिधि भनेको जनताका सेवक हुन् । जनताको चाहना र भावना अनुसार अगाडि बढ्न् पर्नेमा उनीहरु आफ्नो स्वार्थमा बढी केन्द्रित भएको पाइएको छ । त्यसैले पनि जनप्रतिनिधिमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत विभिन्न निकायमा भ्रष्ट्राचारमा सरिक रहेको भन्दै उजूरी पर्ने गरेको छ ।

बाराको बिश्रामपुर गाउँपालिकाका अध्यक्षमाथि यस्तै भएको छ । उनीमाथि उजुरी परेपनि कारबाही नभए पनि एकदिन उनले कारबाही भोग्नु पर्ने निश्चित छ । जनताबाट निर्वाचित व्यक्ति कारबाहीको दायरामा आउनु राम्रो कुरा होइन । जनताले चुनेका पठाएका व्यक्तिहरु पनि गलत कार्यमा लाग्ने हो भने कसरी जनप्रतिनिधि जनताको सेवक भए र खोइ ?

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here