शिक्षक समाजका अगुवा हुन् । उनीहरु मार्गदर्शक पनि हुन् । शिक्षकबाट विद्यार्थीहरुले शिक्षा लिइरहेका हुन्छन् । शिक्षक बिनाको समाज कल्पना गर्न सकिदैन तर आजकलका शिक्षकहरु एकदमै स्वार्थी अनि जागिरे भएका छन् । उनीहरु विद्यार्थी भन्दा पनि आफ्नो जागिरप्रति बढी बफदार भएको देखिन्छ । अहिले बिश्वभर नै कोरोना कहर छ । शिक्षकहरु घरमा बसिरहेका छन् ।

गएको शैक्षिक सत्रमा पनि शिक्षकहरुले नपढाइकन लगभग समय गयो भन्दा फरक पर्दैैन अनि यसपाली पनि यस्तै हुने लक्षण देखिदैछ । तत्काल विद्यालय संचालन हुने अवस्था छैन । योबीचमा सरकारले खोपको कुरा गरेपछि खोप लगाउनेहरुको संख्या नबढेपनि खोप माग्नेहरुको संख्या बढेको छ । खोप माग्न पाइन्छ तर अड्को थाप्ने प्रवृत्ति गलत छ ।

अड्को थाप्ने प्रवृत्तिका कारण शिक्षकहरुले बद्मासी गर्दैछन् । अहिले खोप अभावका कारण खोप नै नपाए नपढाउने वा काम गर्ने शिक्षक महासंघको भनाइ अस्वभाविक छ । यो उनीहरुको न त सरकारप्रतिको सकारात्मक सोच हो न त उनीहरु विद्यार्थीप्रति गम्भीर भएको संकेत नै हो । शिक्षकहरुले खोप लगाउन पाउनुपर्छ तर खोपका नाउमा उनीहरुले विद्यार्थीको अभिष्यमाथि खेलवाड गर्न पाउने छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here