वीरगञ्ज,“घुमौं मधेश, बुझौं मधेश” मूल नाराका साथ नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशद्वारा आयोजित बैठक, अन्तक्र्रिया, अवलोकन तथा पर्यटन प्रचार–प्रसार कार्यक्रम शनीवार पर्साको होटल भिस्वामा सम्पन्न भएको छ ।उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय मधेश प्रदेश र नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका पर्यटन व्यवसायी, सरकारी प्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता महासंघका मधेश प्रदेश अध्यक्ष हिरालाल गौतमले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री वसन्त कुशवाहाको उपस्थिति रहेको थियो ।विशिष्ट अतिथिका रूपमा विकास राघव, जिल्ला प्रमुख गणेश अर्याल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रा र सशस्त्र प्रहरी बल पर्साका उपरीक्षक राधेश्याम धिमालको उपस्थिति रहेको थियो ।कार्यक्रममा दीपक शाक्य, सुरेन्द्र श्रेष्ठ, केन्द्रीय सचिव हरी पन्त, दानबहादुर श्रेष्ठ तथा पर्सा व्यवसायी सचिव तब्रेज आलम अतिथि रूपमा सहभागी भएका थिए ।बिहान होटल भिस्वामा उद्घाटन सत्र सम्पन्न भएपछि सहभागीहरूले पर्साको प्रमुख पर्यटकीय स्थल ठोरीको अवलोकन गरेका थिए । ठोरीमा दिनभर विभिन्न कार्यक्रम गरी पर्यटन स्थलको अवलोकन तथा प्रवद्र्धनात्मक गतिविधि गरिएको जनाइएको छ ।मधेश प्रदेशको पर्यटन सम्भावना पहिचान गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने रणनीति तय गर्न कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ ।

Leave a Reply