सिमरा,प्रहरीले लागुऔषध गाँजासहित बिहीवार बिहान पथलैयाबाट दुई जनालाई पक्राउ गरेको छ । हेटौडाबाट अटोमा राखेर ल्याउदै गरेको अवस्थामा प्रहरीले ३२ केजी गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका वडा नम्बर १९ का ४१ वर्षीय हिरालाल स्याङ्गतान र ३५ वर्षीय लक्ष्मी मोक्तान रहेका छन् ।
पथलैयास्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले राजमार्गमा सवारी चेकजाँच गर्दा ना १ ज ५८९३ नम्बरको अटोबाट गाँजासहित उनिहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका मध्ये स्याङ्गतान चालक र मोक्तान अटोमा सवार रहेकी थिईन् । प्रहरीले अटोसहित उनिहरुलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया सुरु गरेको छ ।


















