राजन कुमार बानिया
पोखरिया,केडिया आँखा अस्पताल परवानीपुरको प्राविधिक सहयोग र भिस्वा युवा समाजको आयोजनामा एकदिने निशुल्क आँखा शिविर शनिवार पर्साको छिपहरमाई गाउँपालिकाको वडा नम्बर ५ भिस्वामा सम्पन्न भएको छ ।
श्रीमंगल माध्यमिक विद्यालय भिस्वामा भएको सो आँखा शिबिरमा ८ सय ५५ जनाको आँखा परीक्षण भएको थियो । शिबिरमा ३२० जना मोतियाबिन्दु रोगीहरु फेला परेका छन । भिस्वा युवा समाजले आयोजना गरेको आँखा शिबिरमा भारतीय सिकटा ग्राम पंचायतका मुखिया राजन चौरसियाको सहयोगमा शिबिर सम्पन्न भएको हो ।
आँखा शिबिरलाई सिकटाका मुखिया चौरसियाले पिरवन काटेर उद्धाटन गर्नुभएको थियो। आँखा शिबिर उद्धाटन कार्यक्रमा वडा अध्यक्ष मौजीलाल साह, समाजसेबी मनोजकुमार पटेल, संतोष कुमार, पत्रकार राजनकुमार बानिया, सारुख मिया, धर्मेन्द्र यादव, सुरक्षाकर्मीलगायतको सहभागिता रहेको थियो ।
आँखा शिबिरमा केडिया आँखा अस्पताल परवानीपुरका प्राविधिक डाक्टर शिवशंकर गुप्ता,राजदेव साह, चन्दन गुप्तालगायत चेकजाँच गरेका थिए । आँखा शिबिरमा चेकजाँच गरि निशुल्क औषधी वितरण गर्नुभएको हो।
शिवीरमा मोतियाबिन्दु रोगीहरुलाई सोमबार,मंगलबार र बुधबार तीन दिन आँखाको शल्यक्रिया हुने आयोजक समितिका मनोजकुमार पटेलले बताउनुभयो । आँखा शिबिरमा भारत र नेपालका विभिन्न क्षेत्रका सर्वसाधारणको सहभागिता रहेको थियो ।



















