हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ हर्नामाडीमा आज अपाङ्गता परिचयपत्र बितरण तथा घुम्ती शिबीर कार्यक्रम गरिएको छ । अपाङ्ग सरोकार केन्द्र मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका महासाखाको आयोजनामा कार्यक्रम भएको हो ।
अपाङ्गता भएका व्यक्तिको लागि समुदायमा आधारित पूनरस्थापना कार्यक्रम अगतरगत कार्यक्रम गरिएको हो । अपाङ्ता समन्वय समितिका संयोजक समेत रहनुभएका उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको छ । कार्यक्रममा ३० जना अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिएको उपमहानगरपालिका महिला तथा बालबालिका महासाखाका प्रमुख विष्णु कुमारी लामिछानेले वताउनुभयो ।
३० जना मध्य क वर्गका ५ जना, ख वर्गका १८ जना, ग वर्गका ५ जना र घ वर्गका २ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको लामिछानेले जानकारी दिनुभयो । कार्यक्रममा हेटौंडा १८ का वडा अध्यक्ष अनिल कुमार वानियाँ लगायतकाको आतिथ्यता रहेको थियो । शिबीर सम्म आउन नसक्नेहरुलाई घरघरमा गएर समेत परिचय पत्र वितरण गरिएको छ ।