निजगढ,पूर्वपश्चिम लोकमार्गलगायत नगरका मुख्य सडक क्षेत्रभित्र राखिएका अव्यवस्थित पसल, टहरा, ठेला र अन्य सामाग्रीहरु हटाउन निजगढ नगरपालिकाले आग्रह गरेको छ ।

नगरपालिका कार्यालयले यसअघि १५ दिने सुचना प्रकाशित गरी सडक खाली गराउन निर्देशन भएपनि स्थानीयले अटेर गरेपछि कार्यलयले फेरि सडक खाली गराउने आग्रह गरेको हो । कार्यालयको सूचना आग्रह अटेर गरेको अवस्थामा कारबाही प्रकृया अघि बढाउने पनि बताइएको छ ।

निजगढ नगरपालिकाका नगरप्रमुख सुरेशकुमार खनालको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले नगर कार्यपालिकाको पुष ३० गतेको निर्णय अनुसार नगरपालिका क्षेत्रभित्रका मुख्य सडक तथा भित्री सडकहरुमा विभिन्न निर्माण सामाग्रीहरु अव्यवस्थित ढंगले लामो समयसम्म राखी सडकमा सवारी साधन तथा मानिसहरु आवतजावत तथा हिंडडुल गर्न कठिनाइ भएको भन्दै हटाउने निर्णय गरेको थियो ।

सडकहरुको दिगोपनामा समेत प्रतिकूल असर परिरहेकोले नगरपालिका क्षेत्रभित्र रहेका सबै सडकहरुको अधिकार क्षेत्रभित्र सडकमा अबरोध पुग्ने गरी कुनै पनि सामाग्रीहरु राख्न नदिने निर्णय भएकोमा सो बमोजिम सडक खाली गर्न १५ दिनको म्याद दिई सूचना समेत प्रकाशन भएपनि स्थानीयले अटेर गर्दै आएका छन् । हाल नगरपालिमा पर्ने पूर्वपश्चिम राजमार्ग खण्डको सडकको अधिकार क्षेत्रभित्र पर्ने शहीद चोक, बुद्ध चोकसमेतमा रहेका अव्यवस्थित पसल, ठेला, टहरा सडकबाट खाली गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीले बताउनुभयो ।

नगरपालिकाका प्रमुख खनाल, उपप्रमुख लिलादेबी लामिछाने तथा सम्बन्धित वडा अध्यक्ष र निजगढ उद्योग बाणिज्य संघ समेतको उपस्थितिमा स्थानीय सुरक्षा निकायहरुसँगको सहयोग र समन्वयमा सडक खाली गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत कार्कीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here