विश्वमा अहिले मानवता संकटमा परेकै छ । हुन् त महान दार्शनिकहरुको भनाईलाई आधार मान्ने हो भने अबको यो विश्वमा हुने नै यस्तै हो । लडाई, झगडा अनि दैवी प्रकोप सबै हुनेछन् र मान्छे मर्ने क्रम बढेर जनसंख्या फेरि घट्दै जानेछ भनेर आजभन्दा ५० बर्ष अगाडि नै केही दार्शनिक र वैज्ञानिकहरुले घोषणा गरिसकेको कुरा हो र विश्वमा भइरहेका केही घटनाहरुले पनि यो कुराको पुष्टि गर्दछ ।

पछिल्लो समय मध्यपूर्वी एसियामा तनाब देखिएको छ । इरान र इजराइल भन्ने देशमा लडाइ चर्किएको छ । लडाईको कारण खासै ठूलो देखिदैन तर नागरिकहरु अनाहकमा मारिन थालेका छन् ।यसको छानबिन त परको कुरा अब कम्तीमा इरान र इजरायलका समेत नागरिकहरु यो लडाइमा कतिजना मारिने हुन् थाहा छैन । लडाइ चर्किदै गएको अवस्थामा त त्यसले विश्वलाई समेत आक्रान्त बनाउने त निश्चित छ नै ।विश्वका ठूला देशहरु शान्तिको पक्षमा भएनन् भने नेपाल जस्ता देशले बोलेर खासै अर्थ छैन । नेपालीहरुको कुरा सुनुवाइ नै हुदैन ।

अमेरिकामा डोनाल्ड टम्प आएपछि झन् लडाइ वा विश्वमा अशान्ति हुने संकेत पनि देखिएको छ । यद्यपि केही ठाउँमा शान्तिको प्रयास पनि भएका छन् । भारत र पाकिस्तानमा शान्तिको प्रयास भयो यो राम्रो हो तर इजरायलको हमासमा शान्ति भएको छैन । रुस र युक्रेनको अवस्था पनि उस्तै छ अनि इजरायललाई अमेरिकाले उचालेको छ । यसरी आशान्ति मच्चाएर कसैलाई फाइदा छैन, शान्ति पहिलो सर्त हुनु नै पर्दछ ।

Leave a Reply