रौतहट,औषधि पसल अनुगमनमा गएका औषधि व्यवस्था विभाग क्षेत्रिय कार्यालय वीरगञ्जका कर्मचारीमाथि सोमवार रौतहटमा हातपात भएको छ । स्थानीयहरुको भिडले गरेको हातपातबाट विभागका फार्मेसी निरीक्षक र फार्मेसी अधिकृतसहित तीन जना घाइते भएका छन् ।

दर्ता विना पसल संचालन गरेर बिक्री वितरणमा रोक लगाइएको औषधि समेत बिक्री गरेकोउजुरीको आधारमा अनुगमन गर्न औषधी व्यवस्था विभाग वीरगञ्ज कार्यालयका प्रमुख शम्भु साहको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय रौतहटका प्रतिनिधि र नेपाल प्रहरी निरीक्षक सहितको टोलीले जिल्लाको राजपुर नपा वडा ४ मा संचालनमा रहेको पसलको चेकजाँच गर्दा कुनै पनि कागजात फेला नपरेपछि पसलमै बसेर मुचुल्का गरि रहँदा पसलबाट एकजना मानिस बाहिरिएको केही समयपछि आएको महिलाहरुसहितको भिडले आक्रमण गरि कर्मचारीहरुलाई घाइते बनाएको औषधी व्यवस्था विभाग क्षेत्रिय कार्यालय वीरगञ्जका कार्यालय प्रमुख व्यवस्थापक शम्भु साहले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयको कागजातहरु समेत खोसिएको छ ।

स्थानीयले फार्मेसी निरीक्षक ओमप्रकाश जयसवाल र फार्मेसी अधिकृत अमर शर्मामाथि हातपात पनि आक्रमण गरेका थिए । कर्मचारीलाई बचाउ गर्न खोज्दा राजपुर वडा ५ बस्ने ५५ वर्षिय सुमित्रा देवीसमेत घाइते हुनुभएको छ ।घाइते तीनै जनाको प्रादेशिक अस्पताल गौरमा प्राथमिक उपचारको लागि ल्याइएको छ । फार्मेसी निरीक्षक जयसवाल र फार्मेसी अधिकृत शर्माको अवस्था समान्य रहेको र सुमित्रा देवीको उपचार भइरहेकोे छ ।जिल्ला प्रहरी कार्यालय रौतहटबाट गएको थप प्रहरी टोलीले र केहि स्थानीयको मद्दतले अनुगमनमा गएका कर्मचारीको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटका खरिदार उमेश साहले बताउनुभयो ।घटनाको बारेमा अनुसन्धान अघि बढाइएको दोषीलाई पहिचान गरि कारबाही प्रक्रिया अगाडि बढाइने जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधी तिवारीले जानकारी दिनुभयो ।

Leave a Reply