कलैया,पचरौता उपमहानगरपालिकाका प्रमुख जलान्धर सिंहले कानून विपरित स्थानीयको घर तोडफोड गरेको आरोप लागेको छ ।पचरौता नगरपालिका ७ बेनौलीका पीडितहरुले सोमवारसदरमुकाम कलैयामा पत्रकार सम्मेलनको आयोजना गरी सडक विस्तारको नाममा नगर प्रमुख सिंहले कानुन विपरीत सर्वसाधारणको घर भत्काएको आरोप लगाएका हुन ।
कार्यक्रममा बोल्दै स्थानीय किशोरीप्रसाद यादवले पचरौता नगरपालिकाका नगरप्रमुख सिहले बाटो विस्तारको नाउमा आफ्नो निजी जग्गामा बनेको घर भत्काएको आरोप लगाउनुभयो । ’बाटोको लागि चाहिने २२ फिट जग्गाभन्दा बाहिर घर बनेको थियो, यादवले भन्नुभयो,‘पालिकाले ४० फिट बाटो फराकिलो गर्दा पनि मेरो घर छुने अवस्था छैन तर पनि खाली जग्गा छोडेर निजी जग्गामा बनेको घर जबरस्ती भत्काइएको छ ।

जग्गा नाप जाँच गरी जति आवश्यकता छ त्यति जग्गा लिन पटक पटक मेयर सिहलाई आग्रह गरेको थिएँ, यादवले भन्नुभयो, ‘सडकलाई आवश्यकता रहेको जग्गाभन्दा बढी जग्गा मेरो घर अगाडी खाली नै थियो । सडक निर्माणको लागि आवश्यक भएको जग्गा हुँदा हुँदै मेरो निजी जग्गामा बनेको घरलाई तोडफोड गरेर आफूमाथि प्रमुख सिंहले प्रतिशोधपूर्ण कार्य गरेको उहाँको आरोप छ । यसको बारेमा आफूले बारा जिल्ला अदालतमा समेत मुद्दा दायर गरेको र अदालतले जग्गाको नाप जाँच गरी सडक निर्माण कार्य अगाडी बढाउन आदेश गरेको उहाँले बताउनुभयो ।

नगरपालिकाकोे अमिनले नाप जाँच गर्दा समेत मेरोे घर सडकमा नपरेको कुरा बताए पनि नगर प्रमुख सिंह कसैको कुरा नसुनी अदालतको आदेशको समेत अवहेलना गरि आफ्नो निजी जग्गामा बनेको घर सयौको संख्यामा नगर प्रहरी र प्रहरी संचालन गरी तोडफोड गरेको र यसबाट २५ लाख रकमभन्दा बढीको क्षति भएको यादवले बताउनुभयो । उहाँले प्रहरी प्रशासनले पनि आफूहरुलाई सहयोग नगरेको उहाँको भनाई थियो ।

Leave a Reply