नेपालमा करिब करिब दुई तिहाइको हाराहारीमा रहेको कम्यूनिष्ट सरकारलाई विस्थापित गरेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं पटक यो मुलुकको सर्वोच्च कार्यकारी पद प्रधानमन्त्रीमा आसिन हुन पुगेका छन् । त्यो पनि नेपालकै कम्यूनिष्ट दलहरुको समर्थनमा । मधेशवादी दलहरुलाई छाड्ने हो भने देउवालाई कम्यूनिष्टले नै प्रस्ताव गरे र प्रधानमन्त्री पनि बनाए ।

अब देउवा प्रधानमन्त्रीमा चुनाव भएर अर्को सरकार नआएसम्म रहने छन् । यो भनेको करिब २० महिनाको समय देउवा सरकारमा रहने छन् । चुनौतिकाबीचमा उनी प्रधानमन्त्री भएपनि उनले यो चुनावको समयसम्म केही गर्नुपर्ने जिम्मेवारी नै छ । केपी ओलीको सरकारले काम भन्दा कुरा बढी गरेको पनि टिप्पणी हुन्छन् तर कुरासंगै केही काम पनि भएका छन् । त्यसैले विश्वासको मत लिएका देउवाले सबैलाई विश्वासमा लिनुपर्ने अबको आवश्कता छ ।

देउवा काँग्रेसको एकल सरकारको प्रधानमन्त्री नभएका कारण उनले गठबन्धनको विश्वास पनि लिनुपर्ने छ । सबैलाई विश्वासमा लिएर चुनाव सम्पन्न गरी त्यसपछि जो आउँछ उसैलाई सरकारको तालाचाबी बुझाउनु पर्ने जिम्मेवारीमा देउवा छन् । त्यसैले अब देउवाले विश्वास लिएसंगै सबैलाई विश्वासमा लिएर काम गर्नुपर्ने छ ।

 

Leave a Reply