निजगढ,निजगढ नगरपालिका वडा नम्बर ९ वडा कार्यालयले शनिवार वडाभित्र रहेका ८० वर्षमाथिका जेष्ठ नागरिक र असक्तता भएकाहरुको स्वास्थ्य परीक्षण गरेको छ । वडा अध्यक्ष रामचन्द्र कटुवालसहित वडा सदस्यहरु चित्रप्रसाद तिमल्सिना, बबिता श्रेष्ठ, इन्द्रमाया सुनार र कार्यालय सहयोगी कौशिल्या बजगाईसहित स्वास्थ्यकर्मीहरुको टोलीले जेष्ठ नागरिक र असक्तता भएका ५० जनाको घरघरमै पुगेर स्वास्थ्य परीक्षण गरेको हो ।

सो क्रममा स्वास्थ्यकर्मीहरु कमलेशकुमार गुप्ता र सम्झना चौधरीले जेष्ठ नागरिकहरुको रक्तचाप, सुगर, ज्वरो र अन्य समस्याको परीक्षण गरेका थिए । वडा कार्यालयले बार्षिक कार्यक्रम अन्तर्गत घरदैलो स्वास्थ्य परीक्षण गरेको वडा अध्यक्ष कटुवालले बताउनुभयो । परीक्षण गर्न बाँकी अन्यको पनि भोलि स्वास्थ्य परीक्षण गरिने उहाँले जानकारी दिनुभयो ।
कार्यालयले प्रतेक ४÷४ महिनामा सेवाग्राहीहरुको घरमा पुगेर स्वास्थ्य परीक्षण गर्दैआएको छ । टोलीसहित जेष्ठ नागरिक र असक्तता भएकाहरुको घरमा पुगेर सेवा प्रदान गर्दैआएको छ । वडामा करिव ९० जना जेष्ठ नागरिक र असक्तता भएका नागरिकहरु रहेका छन ।

Leave a Reply