निजगढ,निजगढ ९ स्थित आदर्श सदावहार सामुदायिक वन उपभोक्ता समितिलेस्थानीय जनज्योति आधारभूत विद्यालयका ६ जना विद्यार्थीहरुलाई सोमवार शैक्षिक र खेलकुद सामग्री सहयोग गरेको छ ।वन समूहको वार्षिक कार्ययोजना अन्तर्गत विद्यालयको शैक्षिक अवस्था सुधारको लागि विद्यालयमा अध्ययन गर्ने गौरिका सुनार, नयुन लामा, अल्पिना मोक्तान, एनिका ब्लोन, जीविका थिङ्ग र प्रणिका मोक्तानलाई एक थान झोलासहित एक वर्षको लागि पुग्ने १५ हजार रकम मूल्य बराबरको कापी, कलम, जोमेट्रिक बक्स, फुटबललगायतको सामग्री वितरण गरेको समूहका कोषाध्यक्ष गणेश भण्डारीले बताउनुभयो । उहाँलेविद्यालयका जेहेन्दार, विपन्न, दलित र जनजाति समुदायका विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप शैैक्षिक सामग्री वितरण गरिएको जानकारी दिनुभयो ।
विद्यालयमा आयोजित कार्यक्रममा वन समूहका अध्यक्ष रामप्रसाद पाण्डेलगायत पदाधिकारीहरुले विद्यार्थीहरुलाई सो सामग्री वितरण गरेका थिए ।शैक्षिक सामग्री वितरण कार्यक्रममा समूहका अध्यक्ष पाण्डेसहित उपाध्यक्ष दिपक श्रेष्ठ, सचिव बविता सापकोटा, कोषाध्यक्ष भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर थोकर, विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष खड्गबहादुर खरेल, विद्यालयका पूर्वप्रधानाध्यापक मानबहादुर श्रेष्ठ र विद्यालयका प्रधानाध्यापक मनराज महतरालगायतको उपस्थिति रहेको थियो ।


















