यो वर्षको दशैं नेपालीहरुको घर आँगनमा औपचारिक रुपमा भित्रिएको छ । दशैंलाई बडा दशैं, दशहरा, विजया दशमी, आयुध–पूजा आदि नामले जानिन्छ । यो नेपालीहरुको प्रमुख पर्व हो ।

आश्विन (असोज) महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो । बताइन्छ कि भगवान रामले यसै दिन रावणको वध गरेका थिए । यसलाई असत्य माथि सत्यको विजयको रुपमा मनाइन्छ । यसकारण, यस दशमीलाई विजया दशमीको नामले जानिन्छ ।

दशैं वर्षमा तीन अत्यन्त शुभ तिथिहरुमा एउटा हो अरु दुईवटा हुन् चैत्र (चैत) को शुक्लको एवं कार्तिक शुक्लको प्रतिपदा तिथि । यी दिनहरुमा हिन्दूहरु नयाँ कार्य सुरु गर्दछन्, शस्त्रको पूजा गर्दछन् ।विजयदशमी भगवान रामको विजयको रुपमा मनाइयोस् अथवा दुर्गा पूजाको रुपमा, दुवैमा रुपमा यो शक्ति–पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो । हर्ष एवं उल्लास तथा विजयको पर्व हो ।

वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि जौको महत्व कम छैन । आयुर्वेदिक ग्रन्थहरुमा जौ र अंकुरित जौबाट गर्नसकिने उपचारहरुको व्यापक उल्लेख भएको पाइन्छ । विविध रोगका लागि जौ उपयुक्त रहेको वैज्ञानिकहरुले पनि पुष्टि गरिसकेका छन् । दुई बर्षको कोरोानाको आतंकपछि नेपालीहरुले दशैं मनाउन पाएका छन् । दुई बर्षको दशैं नेपालीहरुले राम्रोसंग मनाउन नपाएप्ीन यो बषर्एको बिजया दशमी २०७९ सालको अवसरमा हाम्रा पाठकबर्ग, शुभचिन्तक तथा शुभच्छुक सबैमा स्वस्थ्य, दीर्धायू एवम् प्रगतिको हार्दिक मंगलमय शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here