निजगढ,प्रथम विकल रेग्मी स्मृति जुनियर फुटवल प्रतियोगिता अन्तर्गत मंगलवार भएकोखेलमा वडा नम्बर ३ र वडा नम्बर ११ को टोली विजयी भएको छ ।पहिलो खेलमा वडा नम्बर ३ लेवडा नम्बर १२ लाई १-० गोलले पराजित गर्दै जित हात पारको हो । वडा नम्बर ३ का रोज बजुुले खेलको पहिलो हाफको १९ औं मिनेटमा पहिलो गोल गरी आफ्नो टिमलाई विजयी बनाएका हुन ।

प्रतिस्पर्धात्मक खेलमा वडा नम्बर १२ ले पाएको मौकाको सदुपयोग गर्न नसक्दा हार ब्योर्होनुु परेको थियो । सो खेलमा सन्दिप थोकरले उत्कृष्ट खेल प्रर्दशन गरेबापत म्यान अफ दि म्याच घोषित भए । उनलाई वडाअध्यक्ष गोकुुल तिमल्सिना, स्व. विकल रेग्मीकी आमा कमला रेग्मीले १ हजार नगद र ट्रफी प्रदान गरेका थिए ।त्यसैगरी मंगलवार नै भएको दोस्रो खेलमा वडा नम्बर ११ वडा नम्बर ५ लाई ०-१ गोलले पराजित गर्दै विजयी बनेको छ । मध्यान्तरपछिको दोस्रो हाफको १२ औं मिनेटमा शिरिष कुमरले गरेको गोल निर्णायक हुन पुुगेको थियो ।
सो खेलमा शिरिष कुमर नै म्यान अफ दि म्याच घोषित भए । उनलाई पनि वडा अध्यक्ष सहईया गुरो र स्व. विकल आमा रेग्मीले१ हजार नगद र ट्रफी प्रदान गरेका थिए । आजको पहिलो खेलमावडा नम्बर ४ र वडा नम्बर १० र दोस्रो चरणको खेल वडा नम्बर ६ र वडा नं. ८ को टोलीबीच प्रतिस्पर्धा हुने छ । निजगढ नगरपालिकाको आयोजनामा निजगढ ९ स्थित शहीद हिरालाल रंगशालामा सोमवारबाट शुरु भएको प्रतियोगिताको विजयी टोली ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछ ।
निजगढ नगरपालिकाका खेलकुद विकास समितिको आयोजनामा भएको सो प्रतियोगितामा नगरका १३ वटै वडाका टोलीका खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको युवा तथा खेलककुद पूर्वमन्त्री पुरुषोत्तम पौडेलले उद्धाटन गर्नुभएको थियो ।


















