कलैया,कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित श्री नेपाल राष्ट्रीय नमुना माध्यमिक विद्यालयमा वाटर फिल्टर तथा वाटर कुलिङ्ग मेसिन जडान गरिएको छ।विद्यार्थीहरुलाई स्वच्छ पानी प्रदान गर्न ’कारखाना समूह र एलायन्स एसिया नेपाल’ नामक संस्थाको सहयोगमा उक्त फिल्टर तथा मेसिन जडान गरिएको हो।
उक्त फिल्टर र मेसिनको सो वडाका वडा अध्यक्ष मोहनबहादुर क्षेत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अभिषेक साह तथा प्रधानाध्यापक रामनाथ मिश्रले संयुक्त रुपमा उद्धाटन गर्नुभएको थियो ।फिल्टर जडान भएपछि विद्यायका करिब चार सय विद्यार्थी तथा शिक्षक र कर्मचारीहरुले स्वच्छ खानेपानी प्राप्त गर्नेछन। मेशिनबाट आरो, युभी लगायतका प्रविधिबाट फिल्टर गरेर शुद्ध पिउने पानी उपलब्ध हुनेछ ।



















