वीरगन्ज,सयुक्त विद्यार्थी मोर्चा ठाकुराम बहुमुखी क्याम्पसले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला उल्टो झुन्ड्याएर साँकेतिक रुपमा विरोध जनाएका छन् । संसद विघटन गरेर मध्यावधि निर्वाचनको सिफारिस र सदर गरेपछि प्रधानमन्त्री ओली र राष्टिपति भण्डारीसंग आक्रोशित बनेका विद्यार्थीहरुले विरोधमा ठाकुरराम क्याम्पसको मुल द्वारमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला झुण्याएको विद्यार्थी संगठनका नेताहरुले बताएका छन् । भुण्डिाइएको पुत्लामाथि संसद बिघटन खारेज गर, प्रतिगमनलाई अन्तिम धक्का, केपी विद्या मुर्दावाद लगायतका नाराहरु लेखिएको छ ।
ठाकुरराम क्याम्पसका प्रमुख चार विद्यार्थी संगठनहरु नेवि संघ, अखिल(क्रान्तिकारी), समाजावादी विद्यार्थी युनियन र अनेरास्ववियुले सयुक्त विज्ञप्ति निकालेर प्रतिगमन विरुद्धको आन्दोलनमा सबै एकजुट हुन अपीले गरेलगत्तै सोमबार विरोध स्वरुप प्रदर्शन गरिएको नेवि संघका क्याम्पस इकाइ अध्यक्ष नोज साहले बताउनुभयो ।