हेटौंडा – मकवानपुरमा सडक निर्माणका लागि संघीय सरकारले २० करोड रुपैयाँ थप वजेट विनीयोजन गरेको छ । जिल्लाको क्षेत्र नम्बर २ मा तीन वटा सडक निर्माणका लागि संघीय सरकारको अर्थ मन्त्रालयले पहिले वजेटमा पठाएको रकम भन्दा थप २० करोड रुपैयाँ विनीयाजन गरेर पठाएको हो ।
तीन वटा सडक मध्यमा एउटामा टेण्डर भइसकेको छ भने अरु दुईवटा सडक टेण्डर प्रकृयामा रहेको मकवानपुर क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाले वताउनुभयो । जिल्लाको थाहा नगरपालिकाको कुन्छाल देखि इनद्रसरोवर सम्मको सडक निर्माणका लागि संघीय सरकारले वजेटमा एक करोड रुपैयाँ छुट्याएको थियो । तर, अहिले त्यस वजेटमा थप १० करोड रुपैयाँ थप गरेर ११ करोड रुपैयाँमा सडक कार्यालय हेटौंडाले टेण्डर गरेको खतिवडाले वताउनुभयो । यस सडक निर्माणका लागि माघ १५ गते टण्डर गरिएको थियो ।
मकवानपुरको मनहरी गाउँपालिकाको रजैयाँ देखि लामिटार हुँदै चकरी, मकरी सडकका लागि पहिले संघीय सरकारले एक करोड रुपैयाँ छुट्याएपनि अहिले अर्थ मन्त्रालयले थप पाँच करोड रुपैयाँ विनीयाजन गरेर अव ६ करोड रुपैयाँमा सडक निर्माण गर्न लागिएको छ । मकवानपुरगढीको सहिद बासुदेवमार्ग सडकका लागि सरकारले वजेटमा एक करोड रुपैयाँ विनीयोजन गरेको भएपनि अहिले भने थप पाँच करोड रुपैयाँ पठाएर ६ करोड रुपैयाँमा टेण्डर निकाल्ने प्रकृयामा रहेको उहाँले वताउनुभयो ।
मकवानपुर क्षेत्र नम्बर २ का सांसद खतिवडाको पहलमा थप प्राप्त भएको २० करोड रुपैयाँमा तीन वटा सडक निर्माण गर्न सहजता भएको हो । पहिले संघीय सरकारको वजेट भाषणमा तीन वटा सडकका लागि एक करोड रुपैयाँका दरले छुट्टीएको भएपनि अहिले भने २३ करोड रुपैयाँका काम गर्न लागिएको छ ।