कलैया,मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले बुधवार गढीमाई मन्दिरको दर्शन गर्नुभएको छ । मंसिर १ गतेदेखि सुरु भएको गढीमाई मेलाका क्रममा रायले मन्दिर दर्शन गर्नुभएको हो ।मन्त्री रायले मेलालाई भव्यरुपमा सफल बनाउन प्रदेश सरकार र मन्त्रालयले पनि सहयोग गर्ने बताउनुभयो । उहाँले गढीमाई मेलालाई भव्य र शान्तिपूर्ण ढंगले सफल बनाउनुपर्ने बताउनुभयो ।

मन्त्री रायलाई महागढीमाई नगरपालिकाका नगर प्रमुख एवम् मेला व्यवस्थापन समितिका संयोजक उपेन्द्र यादव, मन्दिरका मूल पूजारी मंगल चौधरीलगायतले स्वागत गरेका थिए ।मंसिर १ गतेदेखि गढीमाई मेला शुरु भएको छ । एक महिनासम्म मेला लाग्ने भएपनि मंसिर १७ गतेदेखि २६ गतेसम्म विशेष पूजा हुनेछ । उक्त समयमा दर्शनार्थीको अत्यधिक भिड् हुने गरेको छ ।
















