सिकिन्द्र साह

सिम्रौनगढ,जनता समाजवदी पार्टी नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले नेपाली कांग्रेश र नेकपा एमाले देशको लागि कोरोना र क्यान्सर रोगभन्दा पनि खतरनाक भएको बताउनुभएको छ ।

बाराको पचरौता नगरपालिकामा निर्माण हुन लागेको १५ शैयाको अस्पताल उद्धाटन कार्यक्रमा प्रमुख अतिथिको आशनबाट बोल्दै अध्यक्ष यादबले बुधवार सो कुरा बताउनुभएकोे हो । देशमा भ्रष्ट्राचार र अनियमितता गर्ने र विकास हुन नदिने कांग्रेश र कम्युनिष्ट पार्टीहरुको उपचार नगरेसम्म देश र जनताले कहिल्यै पनि सुख नपाउने बताउनुभयो। उहाँले जनताले चुनावमार्फत यस्ता दलहरुलाई सजाय दिनु पर्ने पनि बताउनुभयो ।

अर्को प्रसङ्गमा पूर्वउपप्रधान मन्त्री यादवले कृषि क्षेत्रको विकासमा लगानी बढाउनु पर्ने आवश्यकतामा जोड दिनुभयो । अधिकांश किसानहरुको बसोबास रहेको नेपालमा कृषि क्षेत्रकोे विकास नभएसम्म देशको विकास हुन नसक्ने उहाँको भनाइ थियो ।

अध्यक्ष यादवले पचरौता नगरपालिकामा निर्माण हुन लागेको १५ शैयाको अधारभुत अस्पतालको उद्धाटन गर्नुभएको हो ।

सोही कार्यक्रममा पचरौता नगरपालिकाबाट नेपाली कांग्रेस, नेकपा एमाले र लोसपा पार्टी परित्याग गरि सयौंको संख्यामा जसपामा प्रवेस गरेका छन । नवप्रवेशीहरुलाई अध्यक्ष यादवले खादा र अबिर लगाएर स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादव, राष्ट्रिय सभा सदस्य खालिद सिद्दिकी, अर्थराज्य मन्त्री उषा देबी यादव, प्रदेस सभा सदस्य बच्चा राउत अहिरको समेत उपस्थिति रहेको थियो ।

नगर प्रमुख रमेशकुमार यादवको अध्यक्षतामा भएको सो कार्यक्रमको अखिलेस यादवले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको संचालन अवधभुषण यादवले गर्नुभएको थियो ।

Leave a Reply