कृष्ण मोहन साह
सेढवा,मिर्मिरे लघुबित्त संस्था १२ वर्ष पार गरि १३ वर्षमा प्रवेश गरेको अवसरमा सोमवार पर्साको ठोरी गाउँपालिकामा सरसफाइ कार्यक्रमको आयोजना गरिएको छ ।
गाउँपालिकाको वडा नम्बर ५ स्थित सुवर्णपुरको सहिद स्मारक र सुवर्णपुर बजार क्षेत्रको सरसफाइ गरिएको हो । मिर्मिरे लघुबित्त बित्तीय संस्था लिमिटेडले आफ्नो बार्षिक उत्सव कार्यक्रमको अवसरमा आयोजना गरेको सरसफाइ कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुको सहभागिता रहेको थियो । मिर्मिरे लघुबित्त वित्तीय संस्था सुवर्णपुरले बार्षिक दिवसको अवसरमा बिभिन कार्यक्रम गरी मनाएको संस्थाका प्रमुख महम्द मकसुद अंसारीले बताउनुभयो ।
मिर्मिरे लघुबित्त बित्तीय संस्थाले आयोजना गरेको सरसफाइ कार्यक्रमको अध्यक्षता संस्थाको मधेस प्रदेश प्रमुख रामकिशोर चौधरीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले संस्थाले आगामी दिनमा उच्च व्यावसायिक अभ्यास तथा अनुपातलाई मूल मन्त्र बनाउँदै संस्थाको उद्देश्य अनुरूप मुलुकको पूर्वाधार विकासमा अझ उत्कृष्ट योगदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
वडा अध्यक्ष अष्टबहादुर लोप्चनको प्रमुख अतिथ्यतामा भएको सरसफाइ कार्यक्रममा मिर्मिरे लघुबित्त बित्तीय संस्थाका महम्द मकसुद अंसारी, किरणकुमार परियार, निरंजन चौधरी, सुजन क्षेत्री, रबिन्द्र चौधरी, कृष्ण बोहरा, सशस्त्र प्रहरी निरीक्षक दिपक नापित, नेपाल प्रहरी चौकी सुवर्णपुरका प्रहरी सहायक निरीक्षक रामबाबु यादवलगायत संस्थामा आवद्ध महिला र स्थानीयहरुको सहभागिता रहेको थियो । सरसफाई कार्यक्रममा बाटो र नाला सरसफाइ गर्नुका साथै चोकमा रहेका पसलेहरुलाई सरसफाइ सम्बन्धमा सचेतना गराइएको थियो । मिर्मिरे लघुबित्त बित्तीय संस्था लिमिटेडले बार्षिक उत्सवमा सार्वजनिक स्थानमा राख्ने गरी डस्टबिनसमेत वितरण गरेको छ ।


















