नेपालमा राजनीति सेवाका लागि भन्दा पनि पैसा र शक्तिको लागि गर्ने सोच छ जसका कारण कतिले राजनीतिलाई गज्जबको ठगी खाने धन्दा बनाएको कुरा केही राजनीतिक नेतृत्वलाई हेरे पनि पुग्छ ।वास्तवमा राजनीति भनेको र जीवनको एक कालखण्डमा गर्ने हो अनि निश्चित समयपछि अरुलाई पालो दिने हो । तर नेपालमा भने बाचुन्जले राजनीति गर्ने सोच छ अनि पावरमा रहिरहने सोच पनि देखिन्छ ।मुलत राष्ट्रअध्यक्ष भएको व्यक्ति फेरि राजनीतिमा आउने कुरा स्वभाविक हुन्न । जनताको माग भए फरक कुरा जनताको माग पनि छैन अनि जवरजस्ती राजनीतिमा आएर अरुको भाग वा युवा पुस्ताको अधिकार खोस्ने कुरा नै हो । हालै राष्ट्रपति पदबाट बिदाइ भएकी विद्यादेवी भण्डारीको यस्तै कुरा आएको छ । जुन उनका लागि पनि सुहाउने कुरा होइन र देश र जनताको माग पनि होइन ।त्यसैले ६० देखि ६५ वर्षमाथि कटेपछि भने सकृय राजनीतिको नेपालमा भइरहेको अभ्यास हटाउन आवश्यक छ । हुन त नयाँ सोच र विचार लिएर आएकाहरुले यो विषयलाई निकै महत्वका साथ उठाएको हुनाले अहिलेको पुस्तापछि यो अभ्यास पनि मेटिएर जाने त देखिन्छ नै तर अहिलेबाट नै यसको अभ्यास हुन आवश्यक छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here