पुष्पराज खतिवडा
बारा,श्रम स्वीकृति नलिई विदेशिनु गम्भीर जोखिमपूर्ण हुनेभन्दै सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका जिल्ला संयोजक सरोजकुमार सिंहले सावधानी अपनाउन सबैमा आग्रह गर्नु भएको छ ।शुक्रवार बाराको सदरमुकाम कलैयामा आयोजित सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी पत्रकारहरूसँगको अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै संयोजक सिंहले वैदेशिक रोजगारीमा जानुअघि श्रम स्वीकृति लिनु अनिवार्य रहेको स्पष्ट पार्नुभयो ।

“श्रम स्वीकृति बिना वैदेशिक रोजगारीमा जाने निर्णय आत्मघाती हुन सक्छ,” उहाँले भन्नुभयो, “यसरी विदेशिएमा कुनै समस्या परेमा राज्य जिम्मेवार नहुने भएकाले सम्बन्धित व्यक्तिको साथै आश्रित परिवारसमेत आर्थिक तथा सामाजिक संकटमा पर्न सक्छन् ।”सिंहले वैदेशिक रोजगारमा जाने क्रममा श्रमिक अलपत्र परे, मृत्यु भए, अंगभंग वा ठगीमा परेमा श्रम स्वीकृतिको आधारमा मात्र राज्यबाट आवश्यक सहयोग, राहत तथा क्षतिपूर्ति सुनिश्चित हुने जानकारी दिनुभयो ।
कार्यक्रममा विभिन्न सञ्चारकर्मी र सरोकारवालाहरूको उपस्थिति रहेको थियो । संयोजक सिंहले सूचित र सुरक्षित आप्रवासनका लागि नागरिकमा सचेतना फैलाउने उद्देश्यले यस्ता कार्यक्रमहरूको आवश्यकतामाथि पनि जोड दिनुभएको थियो ।

Leave a Reply