कलैया,कलैयास्थित रामराजा मो वि शाह बहुमुखी क्याम्पसको १५औं क्याम्पस सभाको बन्द सत्र शनिवार सम्पन्न भएको छ । बन्द सत्रले जङ्गबहादुर चौरसियाको अध्यक्षतामा ६ सदस्यीय क्याम्पस संचालक समिति निर्विरोध चयन गरेको छ । सदस्यहरुमा मालती सिंह, एम समिउल्लाह, श्रीप्रसाद पासवान, सरस्वति खरेल, योगेन्द्र कुश्वाहा रहेका छन । समितिमा अध्यक्षले थप २ जना सदस्य मनोनित गर्न पाउने प्रावधान रहेको छ । समितिमा क्याम्पस प्रमुख सदस्य सचिव र समितिले मनोनयन गरेको १÷१ जना उपाध्यक्ष र कोषाध्यक्ष गरी ८ सदस्यीय हुने व्यवस्था रहेको छ ।क्याम्पस सभाका ज्येष्ठ सदस्य एंव पत्रकार सत्यप्रसाद श्रेष्ठले अध्यक्षतामा भएको सो बन्द सत्रले संचालक समितिका अध्यक्ष प्रभुनाथ राउतले पेस गरेको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष एम समिउल्लाहको अनुमतिमा क्याम्पस प्रमुख हरिभुषण प्रसाद कुश्वाहाले पेस गरेको आर्थिक प्रतिवेदन पास गरेको छ ।कार्यक्रममा बारा क्षेत्र नम्बर ३ (१) प्रदेश सभा सदस्य रविन दास श्रेष्ठ र प्रदेश सभा (२) का प्रदेश सभा सदस्य महमद समीर अंसारीलाई क्याम्पस संचालक समितिका पूर्वअध्यक्ष प्रभुनाथ राउतले दोसाला ओढाएर सम्मान गर्नुभएको थियो । त्यसैगरी क्याम्पसको विधान संशोधन गर्न रविन्द्र गिरीको संयोजकत्वमा मनोज यादव, सुभाषप्रसाद साह, प्रेलाल उपाध्याय, रामलाल बम्जन र क्याम्पस प्रमुख सदस्य सचिव रहने गरि ५ जनाको समिति गठन गरिएको छ । समितिले शंसोधन सहितको विधान क्याम्पसको आगामी साधारण सभामा पेश गर्ने बताइएको छ ।यसैबीच नेपाल सरकारकी मन्त्री ज्वालाकुमारी साहले कलैयास्थित रामराज क्याम्पसको भौतिक पुर्वधार विकासको लागि सक्दो सहयोग गर्ने बताउनुभएको छ । रामराजा क्याम्पसको शुक्रवार भएको वार्षिक उत्सव कार्यक्रममा बोल्दै मन्त्री साहले सो कुरा बताउनुभएको हो ।कार्यक्रममा कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साह, नागरिक समाजका बाराका अध्यक्ष उमेशलाल दास, सुरेश मोदक, एम समिउल्लाह, अध्यनन्द पाण्डे, गैह्सरकारी संस्था महासघका वृजमोहन कुश्वहा लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा सहभागी हुन मन्त्री साह पदको सपथ लिएपछि शुक्रवार पहिलो पटक गृहजिल्ला बारामा आउनुभएको हो । सडक मार्ग हुदै आउनुभएकी मन्त्री साहलाई शुक्रवार नै पथलैयामा नेकपा एमालेका नेताकार्यकर्ताले स्वागत गरेका थिए । सो अवसरमा एमालेका नेता कार्यकर्ताहरुले पथलैयाको प्रस्तावित ट्रमा सेन्टर र जग्गाधनी पुर्जाको विषयमा मन्त्री साहलाई जानकारी गराएका थिए । मन्त्री साहले पथलैयाको समस्याका विषयमा आफू जानकार रहेको र यसको समाधानका निम्ति आफूले पहल गर्ने बताउनुभयो ।

Leave a Reply